“दसैंपछि सडकमा आन्दोलन, वैदिक हिन्दू अधिराज्य माग गर्दै दुर्गा प्रसाईँ”“जेन–जी आन्दोलन हाइज्याक भयो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन सुरू गर्ने घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले दसैं, तिहार र छठपछि वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

Workplace

“किरात र बौद्धलाई समेत समेटेर वैदिक हिन्दू अधिराज्य घोषणा नगरी अब विश्राम लिन्नौँ । स्टाटस लेखेर होइन, सडकबाट आन्दोलन गर्छौं,” प्रसाईँले भने ।

उनले हालको सरकारले जेन–जी आन्दोलनलाई हाइज्याक गरेको आरोप लगाए । “जेन–जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिला–मुखिला मन्त्री बनेका छन् । अहिले बनेको सरकार जेन–जीको होइन,” प्रसाईँको भनाइ छ ।

प्रसाईँले जेन–जी आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी गर्दै त्यससँगै नेपालमा विदेशी हस्तक्षेप बढेको आरोप पनि लगाए । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलगायतमाथि उनले आन्दोलनप्रति गम्भीर प्रश्न उठाए ।

उनले गोविन्द केसीलाई पछ्याउँदै प्रधानमन्त्री कार्कीले मेडिकल कलेज खोल्न नदिने अडान लिएको आरोप लगाए । साथै, देशलाई आजको अवस्थामा पुर्याउन हात कनकमणि दीक्षित, कल्याण श्रेष्ठ र कार्की स्वयं जिम्मेवार रहेको प्रसाईँको दाबी छ ।

“आन्दोलन सुरु भएपछि कलिला बालबालिकामाथि बर्बरतापूर्वक दमन भयो । कोही नेतृत्वमा आएनन्, हामी रमिते मात्र भयौं । भोलिपल्ट सिंहदरबार, सर्वोच्च अदालतमा आगजनी भयो, त्यो त अकल्पनीय थियो,” प्रसाईँले भने ।

उनले हालको सरकारलाई “विदेशी फाउन्डेसनको सरकार” भन्दै वैदिक अधिराज्य स्थापनाबाहेक अब अन्य विकल्प नरहेको दोहोर्‍याए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?