बुटवल । बुटवल उपमहानगरपालिकाभित्रका विद्यालय भोलि (भदौ २४) बन्द हुने भएको छ । सोमबार जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको बुटवलका विद्यालय मंगलबार बन्द गरिन लागेको हो।

विशेष परिस्थितिका कारण सम्पूर्ण विद्यालयहरू बन्द हुने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले जानकारी दिएका छ्न ।
बुटवल उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूलाई एक दिनका लागि बिदा दिन अनुरोध गरेको हो ।
नगर प्रमुख पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “वर्तमान विशेष परिस्थितिका कारण बुटवलस्थित सम्पूर्ण विद्यालयहरूमा बिदा गरिएको व्यहोरा अनुरोध छ ।”
