तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा मन्त्री पोखरेलको जोड

समाचार सारांश
Auto Generated by AI
  • शिक्षा विकासका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने मन्त्री पोखरेलको जोड छ।
  • शिक्षासम्बन्धी नीति र कानुन कार्यान्वयन गर्न सबै तहले सहकार्य गरी अगाडि बढ्नुपर्छ।
  • शिक्षाका समस्या समाधानका लागि सरोकारवालाहरूसँग निरन्तर संवाद आवश्यक रहेको बताइएको छ।

काठमाडौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएका छन् ।

Workplace

कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए ।

- Advertisement -Workplace

मन्त्री पोखरेलले भने, “प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रुपमा सम्पादन गर्न सकिँदैन । त्यसैले शिक्षा नियमावलीको १०औँ संशोधन र अन्य ऐेन, कानुनले गरेका व्यवस्थाको परिपालना गर्न मिलेर अगाडि बढौँ ।”

शिक्षा ऐन, नीति र कानुन बनाउँदा सबै सरोकारभएकाहरुसँग बढीभन्दा बढी संवाद गर्न आवश्यक रहेको भन्दै मन्त्री पोखरेलले संवादबाटै सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रमको कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ (इडिसीयु) बीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?