नेपाल–भारत सीमानाका ३ दिनका लागि बन्द

छिमेकी मुलुक भारतमा हुन गइरहेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई लक्षित गरी भारतसँग सीमा जोडिएका सिराहाका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

Workplace

जिल्ला प्रशासन कार्यालय सिराहाले सार्वजनिक सूचना जारी गर्दै छिमेकी मुलुक भारतको बिहार राज्यमा २५ कात्तिक (११ नोभेम्बर २०२५)  मंगलबार हुने दोस्रो चरणको विधान सभा निर्वाचनको सन्दर्भमा शान्तिसुरक्षा व्यवस्थापन गर्न ७२ घण्टाका लागि सीमानाका बन्द गरिएको जनाएको छ ।

सूचनामा २३ कात्तिक राति १२ बजेदेखि २५ कात्तिक मध्यरातसम्म नेपाल–भारत सीमानाकामा मानवीय/आकस्मिक सेवाबाहेकका सम्पूर्ण आवागमन पूर्ण रूपमा बन्द गरिएको उल्लेख छ । सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पछिल्लो साता भारतको जयनगरमा भारतीय सुरक्षा अधिकारीहरूसँग भएको संयुक्त बैठकपछि शान्तिसुरक्षाका लागि सीमानाका बन्द गरिएको बताइएको छ ।

सिराहाको माडरदेखि भगवानपुर ठाढीसम्म भारतसँग सीमा जोडिएको ४६.६ किलोमिटर भूभागमा माडर, ठाढी, बरियारपट्टि गरी तीन मुख्य नाका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?