म हिन्दु हुँ तर कुनै पनि धर्मको विरोधी होइनः देउवा

समाचार सारांश
Auto Generated by AI
  • शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान खुलाउन पाउनु आफ्नो अधिकार भएको बताएका छन्।
  • उनले सबै धर्मको सम्मान गर्दै आफू कुनै पनि धर्मको विरोधी नभएको स्पष्ट पारेका छन्।
  • धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको बताउँदै उनले देशको धार्मिक स्वरूप कस्तो हुने भन्ने निर्णय जनताको हातमा रहेको उल्लेख गरेका छन्।

काठमाडौ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताएका छन्।

Workplace

आइतबार काठमाडौँमा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू हिन्दु भए पनि कुनै धर्म विरोधी नभएको बताए। सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने उनको भनाइ थियो।

- Advertisement -Workplace

आफू हिन्दु धर्ममा पूर्ण विश्वास राख्ने बताउँदै देउवाले आफ्नो धार्मिक आस्थाका बारेमा पहिले पनि पटक–पटक स्पष्ट पारिसकेको उल्लेख गरे। उनले सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिए।

देउवाले आफूले गुहेश्वरीमा हिन्दु रीतिरिवाजअनुसार नै विवाह गरेको स्मरण गरे। आफू पशुपतिनाथको भक्त भएको र त्यहाँ पूजा गर्ने इच्छा सधैँ रहने बताए।

देशको धार्मिक स्वरूप कस्तो हुने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको उल्लेख गर्दै उनले धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको बताए। त्यस क्रममा उनले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा व्याख्या गर्दै यसप्रति आफ्नो उच्च श्रद्धा रहेको उल्लेख गरे।

‘म हिन्दु हुँ। तर म कुनै पनि धर्मको विरोधी होइन। न म क्रिश्चियनको विरोधी हुँ, न मुस्लिमको, न किराँत, राई, लिम्बु वा अन्य कुनै धर्म–समुदायको। नेपालमा सबै धर्मावलम्बीहरूलाई आफ्नो धर्म मान्ने अधिकार छ। मेरो भन्न खोजाइ यति मात्र हो कि म आफूलाई हिन्दु भन्न पाउनुपर्छ र आफ्नो धर्ममा विश्वास गर्न पाउनुपर्छ। क्रिश्चियनले आफूलाई क्रिश्चियन भन्न पाउँछ, मुस्लिमले आफूलाई मुस्लिम भन्न पाउँछ भने मैले पनि आफूलाई हिन्दु भन्न पाउनुपर्छ,’ उनले भने।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?