सन्धिखर्कमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

अनिल नेपाली 

Workplace

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नं. ११ द्वारा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा नगर उपप्रमुख मिश्रा आचार्यले खेलकुदको विकासका लागि सन्धिखर्क नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले खेलकुदले शारीरिक तथा मानसिक तन्दुरुस्ती मात्र नभई राष्ट्रको समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। खेल क्षेत्रको प्रवर्द्धनले स्थानीय प्रतिभाहरूलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने भएकाले यसको विकासमा सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले खेलाडी मात्र नभई राष्ट्रकै पहिचान बनाउन खेल क्षेत्र महत्त्वपूर्ण हुने बताउँदै अनुशासन, अभ्यास र लगनशीलता प्रत्येक खेलाडीका लागि अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। साथै, खेल क्षेत्रमा सरकारको लगानी बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

कार्यक्रममा वडा नं. ११ का संस्थापक अध्यक्ष धुर्व आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगिता उद्घाटन कार्यक्रम वडा अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा तथा वडा सचिव पुष्करनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?