फरार चार प्रतिवादी प`क्रा´उ

समाचार सारांश
Auto Generated by AI
  • रुपन्देही प्रहरीले अदालतबाट कैद र जरिवाना तोकिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
  • पक्राउ परेका व्यक्तिहरू चोरी र जबर्जस्ती करणी उद्योग जस्ता मुद्दामा दोषी ठहरिएका थिए ।
  • प्रहरीले सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरेको छ ।

रुपन्देही – जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई प´क्रा´उ गरेको छ ।

Workplace

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

- Advertisement -Workplace

पक्राउ पर्नेमा चोरी मुद्दामा शुद्धोधन गाउँपालिका–७ खुनगाउँका विशाल थारू रहेका छन् । उनलाई अदालतले दुई महिना चार दिन कैद सजाय सुनाएको थियो । त्यस्तै, जबर्जस्ती करणी उद्योग मुद्दामा शुद्धोधन गाउँपालिका–६ बेलहियाका रामदरस लोहार पक्राउ परेका छन् ।

उनलाई अदालतले एक वर्ष पाँच महिना छ दिन कैद र रु १५ हजार जरिवाना तोकेको थियो । चोरी मुद्दामा सियारी गाउँपालिका–८ छपियाका गणेश मल्लाह पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना कैद र रु १० हजार जरिवाना तोकेको थियो ।

सोही मुद्दामा शुद्धोधन गाउँपालिका–५ रजाडका सुन्दर केवट भनिने वासुदेव केवट पनि पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना तीन दिन कैद र रु छ हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका प्रतिवादीलाई सम्बन्धित अदालतमा पेस गरिएको छ ।

जिल्ला प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?