फरार चार प्रतिवादी प`क्रा´उ

समाचार सारांश
Auto Generated by AI
  • रुपन्देही प्रहरीले अदालतबाट कैद र जरिवाना तोकिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
  • पक्राउ परेका व्यक्तिहरू चोरी र जबर्जस्ती करणी उद्योग जस्ता मुद्दामा दोषी ठहरिएका थिए ।
  • प्रहरीले सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरेको छ ।

रुपन्देही – जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई प´क्रा´उ गरेको छ ।

Workplace

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चोरी मुद्दामा शुद्धोधन गाउँपालिका–७ खुनगाउँका विशाल थारू रहेका छन् । उनलाई अदालतले दुई महिना चार दिन कैद सजाय सुनाएको थियो । त्यस्तै, जबर्जस्ती करणी उद्योग मुद्दामा शुद्धोधन गाउँपालिका–६ बेलहियाका रामदरस लोहार पक्राउ परेका छन् ।

उनलाई अदालतले एक वर्ष पाँच महिना छ दिन कैद र रु १५ हजार जरिवाना तोकेको थियो । चोरी मुद्दामा सियारी गाउँपालिका–८ छपियाका गणेश मल्लाह पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना कैद र रु १० हजार जरिवाना तोकेको थियो ।

सोही मुद्दामा शुद्धोधन गाउँपालिका–५ रजाडका सुन्दर केवट भनिने वासुदेव केवट पनि पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना तीन दिन कैद र रु छ हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका प्रतिवादीलाई सम्बन्धित अदालतमा पेस गरिएको छ ।

जिल्ला प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?