यी हुन् आज दिनभरका समाचार

समाचार सारांश
Auto Generated by AI
  • जेनजी आन्दोलनको स्मरण गर्दै आज देशभर सार्वजनिक बिदा दिइएको छ।
  • मकवानपुरमा शंकास्पद मृत्यु र उदयपुरमा थेरापी मेसिनबाट करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
  • भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १३५७ पुगेको र धेरै अझै सम्पर्कविहीन छन्।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार:-

Workplace

१. आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ।गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

२. मकवानपुरको बकैया गाउँपालिकामा आफ्नै सुत्ने कोठाभित्र एक युवक शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले श्रीमती, आमा र भाइसहित पाँच जनालाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।बकैया गाउँपालिका वडा नं-१२ धारापानी बस्ने मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राज कुमार खत्री आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन्। घटना भदौ १९ गते दिउँसो करिब १ बजे सार्वजनिक भएको थियो।घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमाण्डमा खटिएको टोलीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षित राखेको थियो।घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (प्र.उ.) श्याम बहादुर खत्रीको कमाण्डमा घटनास्थल जाँच प्रविधि टोली तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो।प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी शंकास्पद देखिएका पाँच जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरूमा मृतककी ३५ वर्षीया श्रीमती सलिना घले, ६० वर्षीया आमा गोमा खत्री, ३३ वर्षीय भाइ दिनेश खत्री तथा स्थानीय ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घले रहेका छन्।

३. उदयपुरको गाईघाटस्थित जनप्रेमी टोलमा थेरापी मेसिनबाट करेन्ट लागेर ७४ वर्षीया रामकुमारी राईको मृत्यु भएको छ। घरमै ल्याइएको थेरापी मेसिनबाट उपचार गराउने क्रममा करेन्ट लागेर राईको मृत्यु भएको जनाइएको छ।घटनापछि राईको शव पोस्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ। प्रहरीका अनुसार उदयपुरमा थेरापी मेसिनबाट करेन्ट लागेर मृत्यु भएको यो पहिलो घटना हो।

४. नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी युवाका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत गत वर्षको घटनालाई सम्झिँदै उनले यस्तो बताएका हुन्। जेनजी आन्दोलनका क्रममा युवाले उठाएका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाह सहज बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको पोखरेलले बताएका छन्। यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ।महासचिव पोखरेलका अनुसार सरकारले त्यतिबेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु नेपालमा दर्ता हुने व्यवस्था गर्दै नियमनलाई सहज बनाउन खोजेको जिकिर गरेका छन्। तर सरकारले यस विषयमा स्पष्ट पार्न नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आएको उनको भनाइ छ।

५. बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो।आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए।पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ।

६. उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो।उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्त्वपूर्ण घटना भएको बताए।रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बताए।सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ।उत्तर कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए।

७.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक पीडा भोग्नुपरेका सबैको राज्यले उपचार, पुनर्स्थापना तथा उचित हेरचाह गर्ने बताए।उनले परिवर्तनका लागि कुनै पनि आमाको काख फेरि नरित्तिने बताए। उनले भनेका छन्,‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्।’उनले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि भएको बलिदानलाई राष्ट्रले सधैं सम्झिरहनुपर्ने बताए।

८. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन्।प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन्। बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाकारी दिएको छ।प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको  र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिए।

‘तीमध्ये विभिन्न दश अस्पतालमा ३२७, नेपाली सेनामार्फत तीन हजार ४०४ र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ’, उनले भने।

प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन्।

९. मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४६ रन मात्र बनायो।

नेपालको लागि इशान पाण्डेले ९० रन बनाए। यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे।बलिङतर्फ हङकङका अइजज खानले चार विकेट हात पारे। यस्तै, यसिम मुर्ताजाले दुई विकेट लिँदा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए।त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।हङकङका लागि बाबर हयातले शतकीय पारी खेले। हायातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन जोडेका थिए।यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए।

१०. बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका इटहरी वडा नं. ४ का ६८ वर्षीय गोपाल भन्ने कुलबहादुर कार्की अचानक बेहोस भएर उपचार गर्न तत्काल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्का अनुसार एक्कासि दाँत किटेर बिहान ४ः४५ बजे बेहोस भएपछि इटहरीकै वेदान्त अस्पताल लगिएको र त्यहाँबाट तत्काल रिफर गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।उनी भदौ ५ गतेदेखि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?