icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

कक्षा १२ को परीक्षा आजदेखि शुरु

काठमाडौ – कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो ।

Workplace

आजदेखि शुरु हुन लागेको परीक्षामा पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो  ।

बोर्डले पाँच हजार दुई सय दुई विद्यालयका विद्यार्थीको परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ । बिहान ८ बजेदेखि शुरु हुने परीक्षामा आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो । परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?