

अमेरिकामा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन्।
म्यानेसस पार्क प्रहरी विभागका अनुसार भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेको म्यानेसस पार्क प्रहरी विभागले जनाएको।
घ`टनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिको गोली प्रहारबाट मृ`त्यु भएको अवस्थामा फेला परेको जानकारी दिए।
प्रहरीका अनुसार मृ´त्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्।
घ`टनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ। गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक भएको छैन।
प्रहरीले शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको जनाएको छ।
