त्रिविद्वारा तराईका जिल्लामा आजको परीक्षा स्थगित

समाचार सारांश
Auto Generated by AI
  • तराईका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ।
  • शुक्रबारका लागि तोकिएका १५ वटा परीक्षा केन्द्रहरूमा मात्र परीक्षा स्थगित गरिएको हो।
  • अन्य केन्द्रहरूमा भने पूर्वनिर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ।

काठमाडौ – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ।

Workplace

तराईका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिका कारण १५ वटा परीक्षा केन्द्रहरूको आज शुक्रबारका लागि तय गरिएको एमबिएसको परीक्षा स्थगित गरिएको हो।

​सहायक डीन डा. भरते राईका अनुसार जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, मलङ्गवाको सर्लाही क्याम्पस, लालबन्दीको जनज्योति बहुमुखी क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस र लहानको जे. एस. मुरारका बहुमुखी क्याम्पसमा तोकिएको परिचय स्थगित भरिएको हो।

त्यसैगरी राजविराजको श्री महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस, कञ्चनपुर-८ सप्तरीको नेशनल पिपुल कलेज, चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस, गौरको गौरीशंकर यादव रौतहट क्याम्पस, बाराको सिमरा कलेज र वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तोकिएको परीक्षा स्थगित गरिएको छ।

अन्य केन्द्रहरूमा भने पूर्वनिर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने त्रिविले स्पष्ट पारेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?