
- मेष, मिथुन, सिंह, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका लागि आजको दिन कार्यसिद्धि र आर्थिक प्रगतिको योग छ।
- वृष, कर्कट र मीन राशिका व्यक्तिले स्वास्थ्य, खानपान र अनावश्यक खर्चमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
- वृश्चिक राशिका व्यक्तिले काममा सतर्कता अपनाउनुहोला, समग्रमा आज अधिकांश राशिमा सकारात्मक प्रभाव पर्नेछ।
🌻🌼🙏🙏🙏

मेष :आज पराक्रम र उत्साह बढ्नेछ। रोकिएका अधुरा कामहरू साथीभाइ र आफन्तको सहयोगमा सम्पादन हुनेछन्। नयाँ कार्यको योजना बनाउन वा छोटो दूरीको यात्रा गर्नका लागि समय अनुकूल छ। व्यापार(व्यवसायमा प्रगति हुनेछ भने आर्थिक स्थिति सुदृढ रहनेछ। परिवारमा खुसीको वातावरण रहनेछ।
वृष : आज वाणीमा मधुरता र व्यवहारमा नम्रता कायम राख्नुहोला। रोकिएको धन फिर्ता आउने सम्भावना छ, तर अप्रत्यासित खर्च पनि हुन सक्छ। खानपानमा विशेष ध्यान दिनु आवश्यक छ, अन्यथा स्वास्थ्यमा केही मन्दता आउन सक्छ। विद्यार्थीहरूका लागि अध्ययन(अध्यापनमा मन जानेछ।
मिथुन : चन्द्रमा तपाईंकै राशिमा रहेकाले आज मनमा उत्साह र नयाँ ऊर्जा सञ्चार हुनेछ। बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ। रोकिएका कार्यहरू सहजै बन्नेछन्। व्यापार र उद्योगमा राम्रो फाइदा मिल्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। पारिवारिक जीवन सुखद् र मधुर रहनेछ।
कर्कट : आजको दिन खर्च अलि बढ्न सक्छ, त्यसैले बजेट नियन्त्रणमा राख्नुहोला। नजिकका मानिस वा आफन्तसँग सानो कुरामा मनमुटाव हुन सक्ने भएकाले सतर्क रहनुहोला। टाढाको यात्राको योग छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा सफलता मिल्नेछ। साँझपख मनमा शान्ति मिल्नेछ।
सिंह : आजको दिन निकै लाभदायक रहनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। कार्यक्षेत्रमा आयोजना गरेका कामहरू समयमै पूरा हुनेछन्। दाजुभाइ वा साथीभाइबाट सहयोग र समर्थन प्राप्त हुनेछ। रोकिएको काम बनेर मन प्रसन्न रहनेछ। अध्ययनमा सफलता मिल्नेछ।
कन्या : कर्मक्षेत्रमा सफलता मिल्ने दिन छ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। सरकारी वा प्रशासनिक कामहरूमा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा र आदर(सत्कार बढ्नेछ। पिता वा गुरुजनको मार्गदर्शनले ठूलो फाइदा पुर्याउनेछ। व्यापारमा नयाँ लगानीका लागि समय शुभ छ।
तुला : आज भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यहरूमा मन जानेछ। पठनपाठन र ज्ञान आर्जनमा प्रगति हुनेछ। नयाँ कार्यको सुरुवात गर्न वा लामो दूरीको धार्मिक यात्रा गर्नका लागि दिन अनुकूल छ। रोकिएका जटिल कामहरूमा सफलता मिल्नेछ।
वृश्चिक : आज स्वास्थ्य र खानपानमा विशेष सावधानी अपनाउनुहोला। सोचेको काममा केही ढिलासुस्ती वा बाधा आउन सक्छ। सवारी साधन चलाउँदा वा यात्रा गर्दा सतर्क रहनुहोला। गोपनीयता जोगाएर काम गर्नु हितकर हुनेछ। साँझपख स्थितिमा सुधार आउनेछ।
धनु :साझेदारी र व्यापार(व्यवसायमा राम्रो लाभ मिल्नेछ। जीवनसाथी वा प्रेम सम्बन्धमा मधुरता आउनेछ। व्यावसायिक यात्रा फलदायी रहनेछ। भौतिक साधन र सुख(सुविधाका वस्तुहरू सङ्कलन हुनेछन्। नयाँ मानिसहरूसँग सकारात्मक सम्बन्ध स्थापना हुनेछ।
मकर : शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। मुद्दा(मामिला वा विवादहरूमा तपाईंको जित हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ र पुरानो रोगबाट राहत मिल्नेछ। कार्यक्षेत्रमा कडा मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका कामहरू क्रमशः सुचारु हुनेछन्।
कुम्भ : आज बुद्धि र विवेकको सही प्रयोग गर्नाले सफलता मिल्नेछ। अध्ययन(अध्यापन र रचनात्मक काममा रुचि बढ्नेछ। सन्तानको तर्फबाट खुसीको खबर सुन्न पाइनेछ। आकस्मिक लाभको योग छ। प्रेम सम्बन्धमा आत्मियता र विश्वास बढ्नेछ।
मीन : आज घर-परिवार र व्यावहारिक काममा बढी समय बित्नेछ। मनमा केही अशान्ति वा द्वविधा हुन सक्छ, त्यसैले धैर्यता राख्नुहोला। आमा वा परिवारको कुनै वरिष्ठ सदस्यको स्वास्थ्यमा ध्यान दिनुहोला। अचल सम्पत्ति वा सवारी साधन खरिद गर्दा विचार पुर्याउनुहोला। साँझपख वातावरण हलुका हुनेछ।
