
खिम खड्का
सुरक्षित यात्रा नेपालको आयोजना र जिल्ला ट्राफिक कार्यालय बाँकेको सहकार्यमा बाँकेको नेपालगञ्जमा दु`र्घटना न्युनिकरणको लागी बृहत कार्यक्रम गरिएको छ ।
फाल्गुण २३ गते सम्पन्न गरिएको कार्यक्रम प्रभातफेरी, दुर्घटना पश्चात गरिने उद्धार कार्यहरुको डेमो र जेब्रा क्रसङिमा सडक पार गर्न सडक अभ्यास डेमो प्रदर्शन सहित दिउसो ट्राफिक सचेतना सम्बन्धी वकृत्वकला गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमाअ ट्राफिक कार्यालय,यातायात व्यवस्था कार्यालय, सडक डिभिजन कार्यालय, स्थानिय निकाय, प्रदेश एवं संघिय सरकार, पैदल यात्री, चालक/ सहचालक तथा यात्रु, विधुत प्राधिकरण, खानेपानी तथा ढल निकास कार्यालय, यातायात व्यवशायी एवं नागरिक समाज लगायत सरोकारवाला निकायहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
आयोजक संस्था सुरक्षित यात्रा नेपालले सवारी दुर्घटना न्युनिकरण एवं रोकथामको लागी विभिन्न संघ संस्था एवं कार्यालयहरुको सहयोग र समन्वयमा काम गर्दै आइरहेको र यसले सडक दु`र्घटना न्युनिकरणमा भुमिका खेलेको सुरक्षित यात्रा नेपालको अध्यक्ष कृष्ण प्रशाद बेल्वासेले बताउनुभयो ।

हिजो सम्पन्न कार्यक्रममा बाँके उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, ट्राफिक कार्यालय, पत्रकार महासंघ बाँके, बिमा कम्पनीहरु, विधालय, लगायतका संघ संस्था र कार्यालयहरुको सहभागितामा करिव २५ सय जतिको उपस्थिति रहेको थियो ।
आज फाल्गुण २४ गते बाँकेको कोहलपुरमा ८० भन्दा धेरै असल चालकहरुलाइ सम्मान गरिनुको साथै सरोकार वाला निकाय र नागरिक एवं चालकहरु बिच अन्तरकृया कार्यक्रम गरिने सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रशाद वेल्वासेले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशभर २०८०/०८१ को प्रहरी तथ्याङ्क अनुसार सवारी दुर्घटना संख्या ११२०, जसमा मृत्यु ४९५ र घाइते १६९४ जना रहेका छन ।
रुपन्देहीमा १०७, दाङ ९९, कपिलवस्तु ७५, बाँके ६६ रहेको र यो तथ्याङ्क अनुसार प्रदेशभर बाँके चौथो स्थानमा रहेको छ ।
त्यसैगरी चालु आ.व.को श्रावण देखि माघ मसान्त सम्म सवारी दुर्घटना संख्या १२६३, मृत्यु ३०३ र घाइते १९९८ जना रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै फाल्गुण महिनाको १ गते देखि २३ गते सम्म प्रदेशभर २९ जनाको मृत्यु भएको छ ।
बाँके जिल्लामा मात्र श्रावण देखि माघ मसान्त सम्ममा सवारी दुर्घटना १९३, मृ`त्यु ४७, घा`इते ३१० जना रहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
