छायाँनाथ मन्दिर दर्शन गर्न गएका जुम्लाका १७ वर्षीय किशोर लेक लागेर बिरामी, सशस्त्र प्रहरीको टोलीले उद्धार गर्दै

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ मन्दिर दर्शन गर्न गएका १७ वर्षीय वसन्त बुढा लेक लागेर बिरामी परेका छन्।
  • अक्सिजनको अभावमा श्वासप्रश्वासमा समस्या देखिएका किशोरको हाल स्वास्थ्य अवस्था मध्यम रहेको छ।
  • सुरक्षाकर्मीको टोलीले उनलाई बोकेर उपचारका लागि स्वास्थ्य चौकीतर्फ ल्याउँदै छ।

रतन बहादुर रावल मुगु । छायाँनाथ मन्दिर दर्शनका लागि मुगु आएका जुम्लाका एक किशोर लेक लागेर (अक्सिजन अभावका कारण) गम्भीर बिरामी परेका छन् । जुम्ला जिल्ला पातारासी गाउँपालिका वडा नम्बर ५ बस्ने १७ वर्षीय वसन्त बुढा आइतबार साँझ लेक लागेर बिरामी भएका हुन् ।

Workplace

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायक उपनिरीक्षक रविराज थपलिया ले जानकारी दिनु भयो जि.प.का मुगुका अनुसार आज मिति २०८३ भदौ ७ गते बेलुकी अन्दाजी ७:४० बजेको समयमा मन्दिर दर्शन गर्ने क्रममा बुढालाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो । हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।

बिरामी किशोरको उद्धारका लागि छायाँनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरूको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) जनकराज पाण्डेको समन्वयमा तत्काल टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार गणेश बुढाको कमाण्डमा खटिएको प्रहरीसहित ७ जनाको टोलीले बिरामीलाई बोकेर स्वास्थ्य चौकीतर्फ ल्याइरहेको छ ।

बिरामीका आफन्त एवं नातामा दाजु पर्ने सशस्त्र प्रहरी जवान रमेश बुढा पनि उद्धार टोलीसँगै रहेका छन् । उद्धार टोली रहेको स्थानबाट उपचारका लागि पुलु स्वास्थ्य चौकी आइपुग्न पैदल अझै अन्दाजी ७ देखि ८ घण्टा लाग्ने जानकारी प्राप्त भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?