सुनसरी घटनाले साम्प्रदायिक द्वेष बढ्ने चिन्ता भयो : पुष्पकमल दाहाल

समाचार सारांश
Auto Generated by AI
  • सुनसरी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र साम्प्रदायिक सद्भाव कायम राख्न सबै दल एकजुट हुनुपर्ने माग प्रचण्डले राखेका छन्।
  • निर्वाचनका प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको र जनअपेक्षा अनुसार परिणाम नदेखिएको उनले टिप्पणी गरे।
  • यस्ता संवेदनशील बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई उनले गम्भीर र चिन्ताजनक विषय बताएका छन्।

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले साम्प्रदायिक द्वेष बढाउने जोखिम रहेको बताएका छन्।

Workplace

 

- Advertisement -Workplace

बिहीबार प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उक्त घटनामा सुरक्षा निकायबाट गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने विषय निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताए। घटनालाई संवेदनशील रूपमा लिनुपर्ने भन्दै सामाजिक सद्भाव, मेलमिलाप र नेपालको गौरवशाली सहअस्तित्वको परम्परालाई जोगाउँदै परिस्थितिलाई शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्नेमा जोड दिए।

उनले निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धताअनुसार सरकार अघि बढ्न नसकेको बताउँदै जनताले परिवर्तनको अपेक्षासहित दिएको मतअनुसार परिणाम देखिन नसकेको बताए। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार गरेको सर्वदलीय बैठकलाई सकारात्मक पहलको रूपमा लिँदै सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए।

तर, यस्ता संवेदनशील र महत्वपूर्ण बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवैको अनुपस्थिति चिन्ताको विषय भएको उनको भनाइ थियो। ‘सबैभन्दा नेतृत्वदायी भूमिका संवैधानिक, कानुनी र व्यवहारिक रूपमा प्रधानमन्त्रीले नै खेल्नुपर्थ्यो। तर यति महत्वपूर्ण बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित हुनु गम्भीर विषय हो,’ उनले भने।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?