१ अर्ब ८९ करोड ६५ लाखभन्दा बढी रकमको अवैध कारोबारमा संग्लन ब्यक्ति पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • सीआईबीले करिब १ अर्ब ८९ करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न धादिङका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ।
  • रिजालले विभिन्न व्यक्तिको मिलेमतोमा आफ्नै बैंक खाता प्रयोग गरी अवैध हुण्डीको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।
  • काठमाडौंको नागार्जुनबाट पक्राउ परेका उनीमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रु. १,८९,६५,३९,४५४ (एक अर्ब उनानब्बे करोड पैसठ्ठी लाख उनन्चालीस हजार चार सय चौवन्न) बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

Workplace

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोलाई प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङ सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका होइन, नागार्जुन नगरपालिका–८ बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल ले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी उक्त रकम बराबरको हुण्डी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सम्मानित काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा पक्राउ अनुमति लिएपछि २०८३ साउन १२ गते काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट रिजाललाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा. ले  नेपाल खोजखबर लाई जानकारी दिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?