icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

नेपाली कांग्रेस पाणिनी–रूपन्देही सम्पर्क समितिको निर्वाचित कार्यसमिति पदस्थापन सम्पन्न!!

रुपन्देही – नेपाली कांग्रेस अर्घाखाँची पाणिनी–रूपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको छ। वैशाख २४ गते सम्पन्न सो कार्यक्रम निर्वाचन समिति संयोजक भरतमणि घिमिरेको अध्यक्षतामा सुरु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस अर्घाखाँची–रूपन्देही सम्पर्क समितिका उपाध्यक्ष श्री टिकाराम बन्जाडेको गरिमामय उपस्थिति रहेको थियो।

Workplace

कार्यक्रममा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरिएको थियो। निर्वाचन समितिका संयोजक घिमिरेले निर्वाचन प्रक्रिया निष्पक्ष, निर्विरोध र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिनुहुँदै नव निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो। उहाँले समितिको कार्यकाल संगठन सुदृढीकरण र कार्यदिशा स्पष्ट पार्ने दिशामा प्रभावकारी होस् भन्ने कामना पनि व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि श्री टिकाराम बन्जाडेले सम्बोधन गर्दै सम्पर्क समितिको भूमिकालाई पार्टी र जनताको बीचको सेतुको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानिय तहमा कांग्रेसको विचारधारा, संगठनात्मक उपस्थिति र नेतृत्व क्षमताको प्रवर्द्धन गर्न समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उक्त अधिवेशनबाट अध्यक्षमा श्री थानेश्वर घिमिरे निर्वाचित हुनुभएको छ। उहाँसँगै उपाध्यक्षमा श्री विरेन्द्र गौतम र श्री यज्ञमणि घिमिरे, सचिवमा श्री शशिराज वेल्वासे, कोषाध्यक्षमा श्री पुष्कर घिमिरे, सह–सचिवमा श्री विकास भट्टराई र श्री हरि घिमिरे तथा सह–कोषाध्यक्षमा श्री फर्शुराम पोखरेल (धनु) चयन हुनुभएको छ।

त्यसैगरी, सदस्यहरूमा श्री शुदर्शन गौतम, श्री भेषराज घिमिरे, श्री पार्वता घिमिरे, श्री नेत्र बेल्वासे, श्री अभिनय घिमिरे, श्री घनश्याम भुसाल, श्री टेकराज पौडेल, श्री सिमा जिसी, श्री मोहम्मद अयुब ‘समिर’, श्री अनुप महत्रा, श्री अम्बिका पन्थी, श्री माधवराज पोखरेल, श्री कपिल पोखरेल, श्री मनिष पोखरेल, श्री श्रीधर गहतराज, श्री कुलराज बञ्जाडे, श्री शुरेस पौडेल, श्री ध्रुवराज घिमिरे र श्री जुद्ध बहादुर सुयवंसी रहनुभएको छ।

कार्यक्रममा विभिन्न पार्टीका नेताहरूले पनि मन्तव्य राख्दै नवगठित समितिलाई बधाई ज्ञापन गर्नुभयो। उहाँहरूले संगठन विस्तार, कांग्रेस विचारधाराको प्रचार–प्रसार, नेतृत्व विकास र सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै समर्पित कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो। साथै, सम्पर्क समितिको काम अब केवल नाममा सीमित नभई क्रियाशील रूपमा परिणाममुखी बन्नुपर्नेमा पनि बल दिनुभयो।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष श्री थानेश्वर घिमिरेले आफ्नो मन्तव्य राख्दै सम्पूर्ण प्रतिनिधि, सदस्य र शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले समितिलाई समावेशी, सहकार्यपूर्ण र जनमुखी बनाउँदै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “यो जिम्मेवारी अवसर मात्रै होइन, संगठन र जनताप्रतिको उत्तरदायित्व पनि हो। सबैको साथ, सहकार्य र सुझावमा आधारित रही काम गर्दै अघि बढ्नेछु।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?