मुगुमा पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृ´त्यु, आमाबुबा घा`इते, ८ घर जोखिममा

समाचार सारांश
Auto Generated by AI
  • मुगुको पुलु बजारमा शुक्रबार बिहान खसेको पहिरोमा परी ३ वर्षीय बालकको मृत्यु भएको छ।
  • पहिरोले घर पुरिँदा घाइते भएका बालकका आमाबुबाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
  • पहिरोको कारण पुलु बजारका थप आठ घर उच्च जोखिममा परेका छन्।

रतन रावल मुगु, साउन ९ – मुगुको मुगम कार्मारोङ गाउँपालिका वडा नं५ पुलु बजारमा शुक्रबार बिहान पहिरो जाँदा एक बालकको मृ`त्यु भएको छ।भने उनका आमाबुबा घाइते भएका छन्। पहिरोका कारण पुलु बजारका अन्य ८ वटा घरहरू समेत उच्च जोखिममा परेका छन्।

Workplace

 

प्रहरी नायब उपनिरीक्षक र विराज थपलिया का अनुसार साउन ९ गते बिहान करिब ४:०० बजेको समयमा बजारमाथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो। पहिरो ले स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरेको छ जानकारी गराउनु भयो सोही घरमा भाडामा लिई होटल व्यवसाय गर्दै आएका छायाँनाथ रारा नगरपालिका वडा नं.१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल की २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए।

घटनालगत्तै प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक सइ वीर बहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका थिए। पहिरोमा च्यापिएका ३ वर्षीय बालक रमेश बडुवाल लाई उद्धार गरी उपचारका लागि बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याइएको थियो। मध्यम अवस्थामा अस्पताल पुर्‍याइएका बालकलाई बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

 

पहिरोमा परी सामान्य घाइते भएका बुबा जगनाथ र आमा सृजना बडुवाल आफैँ हिँडेर पुलु स्वास्थ्य चौकी पुगेका थिए। हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?