मुगुमा पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृ´त्यु, आमाबुबा घा`इते, ८ घर जोखिममा

समाचार सारांश
Auto Generated by AI
  • मुगुको पुलु बजारमा शुक्रबार बिहान खसेको पहिरोमा परी ३ वर्षीय बालकको मृत्यु भएको छ।
  • पहिरोले घर पुरिँदा घाइते भएका बालकका आमाबुबाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
  • पहिरोको कारण पुलु बजारका थप आठ घर उच्च जोखिममा परेका छन्।

रतन रावल मुगु, साउन ९ – मुगुको मुगम कार्मारोङ गाउँपालिका वडा नं५ पुलु बजारमा शुक्रबार बिहान पहिरो जाँदा एक बालकको मृ`त्यु भएको छ।भने उनका आमाबुबा घाइते भएका छन्। पहिरोका कारण पुलु बजारका अन्य ८ वटा घरहरू समेत उच्च जोखिममा परेका छन्।

Workplace

 

- Advertisement -Workplace

प्रहरी नायब उपनिरीक्षक र विराज थपलिया का अनुसार साउन ९ गते बिहान करिब ४:०० बजेको समयमा बजारमाथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो। पहिरो ले स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरेको छ जानकारी गराउनु भयो सोही घरमा भाडामा लिई होटल व्यवसाय गर्दै आएका छायाँनाथ रारा नगरपालिका वडा नं.१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल की २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए।

घटनालगत्तै प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक सइ वीर बहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका थिए। पहिरोमा च्यापिएका ३ वर्षीय बालक रमेश बडुवाल लाई उद्धार गरी उपचारका लागि बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याइएको थियो। मध्यम अवस्थामा अस्पताल पुर्‍याइएका बालकलाई बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

 

पहिरोमा परी सामान्य घाइते भएका बुबा जगनाथ र आमा सृजना बडुवाल आफैँ हिँडेर पुलु स्वास्थ्य चौकी पुगेका थिए। हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?