काठमाडौं, भदौ २३–२४ गतेको जेन–जी आन्दोलनताका संसद् भवनभित्रै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा लुटिएको थियो । उक्त लुटपाटमा करिब ३८ करोड बराबरको रकम चोरी भएको बताइएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार त्यहाँबाट ५ करोड नगद र १८ किलो सुनै हरायो। अरु बैंक शाखा र एटीएममा पनि ढुंगा–मुड्गा हान्दा क्षति त भयो, तर पैसा निकाल्न भने नसकेको जनाएका छ्न ।
प्रदर्शनकारीको प्रहार मुख्यत: संसद् र भाटभटेनीतिरै केन्द्रित भयो। एटीएम फुटे, शाखा ढले तर पैसा चाहिँ हात लागेन।
गभर्नर पौडेलले भने, “बैंकिङ प्रणाली सुरक्षित छ, डिजिटल पेमेन्ट चलिरहेको छ, सेवा रोकिएको छैन।” उनले बैंक कर्मचारीले आआफ्नो जिम्मेवारी निभाएको भन्दै प्रशंसा पनि समेत गरेका छ्न ।
यसैबीच, भाटभटेनी सुपरस्टोर, हिल्टन होटलदेखि अरु सरकारी सम्पत्तिसम्म ठूलो क्षति पुगेको छ। गभर्नरले पीडित व्यापारीलाई ऋण र वित्तीय सहुलियतमार्फत सहयोग गर्नुपर्ने समेत बताएका छ्न ।
