icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

अर्घाखाँचीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, खरेनको ओडारमा थप २ बन्दुक फेला

लुम्बिनी अर्घाखाँची, साउन १८ – अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–१२, खुम्चिकोटबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

Workplace

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको टोलीले प्रहरी निरीक्षक दिपक सिंह विष्टको नेतृत्वमा विशेष सूचनाको आधारमा ३६ वर्षीय सन्दीप बहादुर कामीलाई पक्राउ गरेको हो। उनले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा एउटा भरुवा बन्दुक, छर्रा, बारुद, टुक्रिएको बन्दुकको भाग, बारुद राख्ने बोतललगायतका हतियार तथा विष्फोटक सामग्री फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका कामीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा गाँउदेखि केही तल खरेनस्थित एक ओडारमा समेत थप दुई वटा भरुवा बन्दुक फेला परेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

प्रहरीले बरामद गरेको सामग्रीमा २ थान भरुवा बन्दुक, ३२ थान फलामका छर्रा, ४२४ ग्राम बारुद, ४३ थान सिसाका टुक्रा, ६ थान केप, प्लास्टिकको बोतल, र साइकलको स्पोक प्रयोग गरिएको २ थान पत्ता समावेश छन्।

प्रहरीका अनुसार कामीमाथि हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ। यस क्रममा अन्य हतियार पनि लुकाइएको हुन सक्ने आशंकामा थप खोजी जारी रहेको प्रहरीले जनाएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?