भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा

समाचार सारांश
Auto Generated by AI
  • बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी पर्वका अवसरमा बिदा दिने निर्णय गरेको छ।
  • भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा हुनेछ।
  • चेपाङ समुदायको संस्कृति संरक्षण र सम्मानका लागि यो बिदा दिइएको हो।

काठमाडौँ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी अर्थात् छोनामका अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Workplace

प्रदेश सरकारको निर्णयअनुसार आगामी भदौ २२ गते सोमबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा हुनेछ।

- Advertisement -Workplace

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा सम्बन्धित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेको हो।

चेपाङ समुदायले पुस्तौँदेखि आफ्नो मौलिक परम्परा र संस्कृतिअनुसार मनाउँदै आएको न्वागी पर्वको संरक्षण तथा सम्मानका लागि प्रदेश सरकारले सम्बन्धित जिल्लामा बिदा घोषणा गरेको जनाएको छ।

न्वागीलाई चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ। पर्वका अवसरमा समुदायले परम्परागत विधि तथा संस्कारअनुसार विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि गर्दै उत्सव मनाउने गर्छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?