नेपाली लाई भुटानी शरणार्थी बनाएर बेच्नेलाई फाँसी दिनुपर्छः भीम रावल

काठमाडौ – पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नेलाई कानुन संशोधन गरी फाँसीको सजाय दिनुपर्ने बताएका छन् ।

Workplace

शनिबार दिपालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

- Advertisement -Workplace

केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरण बनाएर नेपाली पठाउने काम भएको उनले बताए ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतको सो प्रकरणमा संलग्नता हुनसक्ने उनको आशंका छ ।

प्रधानमन्त्री ओलीसँग मानव तस्करीको आरोपमा मुछिएका. कोशी प्रदेशका निर्वतमान मन्त्री लिलाबल्लभ अधिकारीको निकट सम्बन्ध रहेको उनले बताए ।

समाजमा भन्नै नहुने आरोप लागेर हिँडिरहेका नेताहरुलाई ओलीले नदेखेझैं गर्नेगरेको नेता रावलको आरोप छ । ओलीले सबैतिर उट्पट्याङ काम गरिरहेको उनले बताए ।

झापामा ओरिपरी सुकुम्बासी वस्ती रहेको बीचमा ओलीले १८ तले भ्यू टावर बनाइदिएको उनले बताए । ओलीलाई उनले सामन्ति शासकको संज्ञा दिए ।

त्यस्तै, नेता रावलले सरकारले पछिल्लो गलत मनशाय राखेर अध्यादेशमार्फत कानुन संशोधन गरेको उनको आरोप छ । अध्यादेशमार्फत वन जंगल क्षेत्र व्यक्तिलाई दिने कानुन बनाइएको उनले बताए हुन ।
प्रधानमन्त्री ओलीमा प्रवृत्ति गर्छु भनेको काम नगर्ने र गर्दिनँ भनेको काम गर्ने प्रवृत्ति रहेको उनको टिप्पणी छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?