
- आज संघीय संसदका दुईवटा संसदीय समितिको बैठक बस्दैछ।
- कानुन समितिमा बाल सुधारगृहको अवस्था र प्रतिवेदनबारे छलफल हुनेछ।
- अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि सरोकारवालासँग छलफल हुनेछ।
काठमाडौ – संघीय संसदका दुई संसदीय समितिको बैठ बस्ने भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र कानु, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । कानुन समितिको बैठक बिहान ९ बजे र अर्थ समितिको बैठक बिहान ९:३० बजे बस्ने गरी बोलाइएको छ ।
अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरूसँग छलफलका साथै विविध विषयमा छलफलको कार्यसूची छ ।
त्यस्तै कानुन समितिमा बाल सुधारगृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र विविध विषयमा छलफलको कार्यसूची छ ।
