विद्यार्थी भिसामा कोरिया भएकाले आमाबुबालाई मौसमी कामदारका रूपमा बोलाउन सक्ने

समाचार सारांश
Auto Generated by AI
  • कोरियामा विद्यार्थी भिसामा रहेकाले आफ्ना ५५ वर्ष वा सोभन्दा कम उमेरका आमाबुबालाई मौसमी कामदारका रूपमा बोलाउन सक्नेछन्।
  • आमाबुबाको स्वास्थ्य र फौजदारी अभिलेखमा समस्या नभएमा स्थानीय सरकारमार्फत आवेदन दिन सकिनेछ।
  • स्थानीय सरकारले रोजगारदातासँग समन्वय गरी विद्यार्थी अध्ययनरत क्षेत्रमै आमाबुबालाई काम गर्ने अनुमति दिनेछन्।

कोरियामा विद्यार्थी भिसामा भएकाले अब आफ्ना आमाबुबालाई कोरियामा कामका लागि बोलाउन सक्नेछन्।

Workplace

 

कोरियाको अध्यागमन विभागका अनुसार ५५ वर्ष वा सोभन्दा कम उमेर भएका आमाबुबालाई मौसमी कामदारका रूपमा कोरिया बोलाउन सकिने छ।

आमाबुबाको स्वास्थ्य र फौजदारी अभिलेखमा कुनै समस्या नभएको, कोरिया प्रवेशमा प्रतिबन्ध नलागेको तथा विद्यार्थी अध्ययनरत विश्वविद्यालय सम्बद्ध आमाबुबालाई मौसमी कामदारका रूपमा बोलाउनका लागि स्थानीय सरकारमा आवेदन दिने सक्नेछन्।

स्थानीय सरकारले आवेदन अनुसार रोजगारदातासँग मध्यस्थता गरी आमन्त्रण प्रक्रिया अगाडि बढाउने र अनुमति दिने गर्छन्।   आमाबुबालाई विद्यार्थी अध्ययनरत विश्वविद्यालय भएकै क्षेत्रमा काम गर्ने अनुमति दिइनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?