icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

‘अब भारतको भूमिमा कुनै पनि आतंकी हमला युद्धको कार्य मानिनेछ’ — भारत सरकारको ठूलो घोषणा

नयाँ दिल्ली – अब भारतको भूमिमा कुनै पनि आतंकी हमला युद्धको कार्य मानिनेछ’ भएको छ   भारत र पाकिस्तान तनाव बीच भारत सरकारको  यो ठूलो घोषणा हो।

Workplace

भारतीय सञ्चार माध्यमहरूमा आएका समाचारअनुसार, भारत सरकारले अबदेखि आफ्ना भूभागमा भएका कुनै पनि आतंकवादी हमलालाई सिधै “युद्धको कार्य” (act of war) का रूपमा लिने निर्णय गरेको छ। यस घोषणासँगै भारतले आतङ्कवादप्रति आफ्नो रणनीति थप कठोर बनाउने संकेत दिएको छ।

भारतीय गृह मन्त्रालयका उच्च अधिकारीहरूले बताएअनुसार, यदि अब भारतमा कुनै आतंकी हमला हुन्छ भने त्यसलाई केवल आन्तरिक सुरक्षा समस्याको रूपमा नलिएर, बाह्य शत्रुताको रूपमा हेर्नेछ। यस अर्थमा भारतले अन्तर्राष्ट्रिय नियमअनुसार जवाफी कारबाही गर्ने अधिकार सुरक्षित राख्ने बताइएको छ।

सरकारको यो निर्णय विशेष गरी पाकिस्तानबाट हुने भनिएका घुसपैठ र आतंकी गतिविधिलाई लक्षित गर्दै आएको विश्लेषण गरिएको छ। पछिल्ला केही वर्षमा भारतमा भएका आतंकी घटनाहरू—जसमा पुलवामा हमला (२०१९) विशेष चर्चित छ—पछि भारत सरकार यस्तो कडा नीति अपनाउन बाध्य भएको हो।

उक्त  निर्णयले भारतको सुरक्षा रणनीतिमा ठूलो परिवर्तन ल्याउने अनुमान  गर्न सकिन्छ । अब भारतीय सेना तथा सुरक्षा निकायहरूलाई आतंकी खतराबाट जोगिन अझ अधिकार सम्पन्न बनाइनेछ। साथै, यो फैसलाले  अन्तर्राष्ट्रिय समुदायतर्फ पनि प्रष्ट रुपमा पठाइएको छ कि भारत अब आतंकी गतिविधिमा कुनै प्रकारको नरम नीति अपनाउने पक्षमा छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?