सुनचाँदीको भाउ आज सामान्य बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ।
  • सुनको नयाँ मूल्य तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउ पनि बढेर तोलाको ४ हजार ४१५ रुपैयाँ पुगेको छ।

सुनचाँदीको भाउ आज सामान्य बढेको छ । 

Workplace

काठमाडौ – सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार पनि सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । 

चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको ४ हजार ४१५ रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार चाँदी १०० रुपैयाँले घटेर तोलाको ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?