भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीपछि सुरूङभित्र फसेका नागरिकको उद्धारमा सरकारले ढिलाइ गरेको बताएका छन्।

Workplace

प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री बालेन शाहको सम्बोधनपछि बोल्दै उनले सरकारी ढिलासुस्ती र असंवेदनशीलताका कारण सुरूङभित्र भएको क्षति मृत्यु कि हत्या ? भनी प्रश्न उठाए।

- Advertisement -Workplace

सुरूङ उद्धारमा पहिलो ७२ घण्टा ‘गोल्डेन आवर’ मानिने भए पनि सरकारले निजी र अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन ढिलाइ गर्दा थप मानवीय क्षति भएको आङ्देम्बेको आरोप छ। सरकारले समयमै विज्ञहरूको कुरा नसुनेको र सात दिनपछि मात्रै आफैं खोज भनेर गैरजिम्मेवार बनेको उनले बताए।

सरकार विपद्को बेला उद्धारभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाउँदै उनले मन्त्रीहरू फिल्डमा काम गर्नुको साटो सामाजिक सञ्जालमा फोटो देखाउन व्यस्त रहेको टिप्पणी गरे।

उनले भने, ‘सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा र हल्लामा धेरै अल्झियो।’ पीडित परिवारले आफ्न्त खोज्दा उल्टै धम्की र दुर्व्यवहार खेप्नुपरेको भन्दै उनले सरकारको शैलीप्रति आक्रोश पोखे।

आङ्देम्बेले हाल ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको तथ्याङ्क प्रस्तुत गर्दै तहगत सरकारहरूबीच समन्वयको चरम अभाव देखिएको उल्लेख गरे। संघले नेतृत्व गरेर प्रदेश र स्थानीय तहलाई परिचालन गर्नुपर्नेमा मन्त्री र दलीय संरचनाको समानान्तर गतिविधिले उद्धारमा अवरोध पुर्‍याएको उनको भनाइ थियो।

बाढीमा ज्यान गुमाएका नागरिकको शव पहिचान, डीएनए परीक्षण र ससम्मान परिवारलाई हस्तान्तरण गर्ने विषयमा समेत सरकार असंवेदनशील बनेको उनले बताए। साथै, राहत वितरण पहुँचका आधारमा नभई वास्तविक तथ्याङ्क भएका स्थानीय तहमार्फत पारदर्शी रूपमा वितरण गरिनुपर्नेमा उनले जोड दिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?