अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको नाम अघि

काठमाडौं, – जेनजि आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको नाम अघि सारेको छ हिजो देशभरि उग्ररूपमा फैलिएको जेनजि आन्दोलनका क्रममा राजधानीदेखि विभिन्न सहरमा भएको प्रदर्शन, तोडफोड र आगजनीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए

Workplace

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र आन्दोलनकारीमाथि भएको गोली प्रहारका कारण जनआक्रोश चुलिँदै जाँदा सत्तापक्ष कमजोर बनेको हो । आन्दोलनपश्चात् मुलुकलाई निकास दिन अन्तरिम सरकार गठन गर्ने तयारी तीव्र भएको छ र यसै क्रममा जेनजि आन्दोलनले नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ ।

नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की आफ्नो कार्यकालमै ठूला भ्रष्टाचार प्रकरणमा कठोर निर्णय लिन सक्ने निडर चरित्रकी न्यायाधीशका रूपमा चिनिन्छिन् । उनले न्यायपालिकाको स्वतन्त्रता र पारदर्शिताका पक्षमा दृढता देखाएकी थिइन् ।

जेनजि आन्दोलनले “पुरानो राजनीति” भन्दा बाहिरको, स्वच्छ र जनविश्वास हासिल गर्न सक्ने नेतृत्वको खोजी गरिरहेको बेला कार्कीको नाम अगाडि आउनुले नागरिक आकांक्षासँग मेल खाने सन्देश दिएको छ । अहिले सम्म औपचारिक घोषणा नभए पनि आन्दोलनकारीहरूले अघि सारेको उनको नाम अन्तरिम सरकारको सम्भावित नेतृत्वका रूपमा गम्भीर रूपमा चर्चामा आएको छ ।

एक जेनजी पुस्ताका युवाले जानकारी गराए अनुसार उनको नाम अघि सारिएको जनाइएको छ तर उहाँ सङ्ग बार्ता भने भएको छैन  नेपाल खोजखबर कर्मी समेत रहेका शिशिर नेपालले बताएका छ्न र अहिले आफू हरु अन्लाईन मिटिङ्ग गरिरहेको समेत जनाएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?