हिजो बढेको सुनको भाउ आज घट्यो कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ।
  • आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ कायम भएको छ।
  • केही दिनअघि सुन र चाँदीको मूल्यले ऐतिहासिक उच्च विन्दु छोएको थियो।

काठमाडौ – हिजो बढेको सुनको भाउ आज घटेको छ। सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८५ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Workplace

हिजो तोलामा ६ सय बढेर सुनको भाउ २ लाख ८८ हजार पुगेको थियो।

त्यसैगरी चाँदीको भाउ तोलामा १ सय रुपैयाँ घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ ३५ रुपैयाँ घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो।

दुई दिनमा चाँदीको भाउ तोलाको १ सय ३५ रुपैयाँ घटेको छ।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?