काठमाडौ – धर्मगुरु पुष्कर खतिवडा ललितपुरको इमाडोलबाट पक्राउ परेका छन्।

शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदर्शनका क्रममा उनले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेको र अन्य प्रदर्शनकारीलाई उक्साएको आरोप लागेको छ।
यसअघि पनि विवादास्पद गतिविधिका कारण उनी प्रहरीको निगरानीमा थिए।
शुक्रबारको प्रदर्शनमा संलग्न अन्य नेताहरू, जस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
