icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

आज मिति २०८२ असार ४ गते मंगलबार आजको राशीफल

Workplace

मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। बन्धुत्वको भावना बढ्नाले मनमा हर्ष बढ्ने योग छ। शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। आफ्नो काम बिर्सिएर अरुको कामको चासो लिँदा घाटा हुनेछ। शिक्षामा प्रगति हुने दिन छ।

मिथुन : तपाईंको राशिमा शुभ ग्रहको आगमन भएकाले दिन राम्रो छ। राजनीतिक क्षेत्रको संकट टर्ने योग छ। स्वास्थ्यको उपचारमा भए सुधार हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। तपाईंको बोलीकै कारण आफन्त टाढिने जोखिम छ। थोरै बोल्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ।

सिंह : परिवारसँग रमाइलो घुमघाम गर्ने अवसर मिल्ने छ। सानो कुराले लामो समय मन अशान्त बन्ने जोखिम छ। अरुको कुरा सुन्ने भन्दा आफ्नो काममा ध्यान दिनु उचित हुन्छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कन्या : आज तपाईंमाथि पारिवारिक बोझ थपिने छ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुन्छ। एकल निर्णयले घाटा हुने जोखिम छ। पैतृक सम्पत्तिबाट भने लाभ हुने योग छ।

तुला : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंको कामको प्रशंसा हुनेछ। लगानी गरेको भए व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिँदै जानेछ। राम्रा कामको जस अरुले लिनेछन्। विपक्षी साथीको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा अगाडि बढ्दा दैनिक काम सहज बन्ने छ।

धनु : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। एकल भन्दा सामूहिक लगानीबाट गरेको व्यापारमा फाइदा हुने योग छ। परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। मनको कुरा साथीसँग शेयर गर्दा फाइदा हुन्छ। विपक्षीले साथ दिँदा राजनीतिमा ठुलो उपलब्धि हात लाग्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कुम्भ : सञ्चित धन खर्च हुने दिन छ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। औद्योगिक क्षेत्रमा लगानी गरेको भए राम्रो नाफा आर्जन हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती शनिदशाको प्रभावले शरीरमा अल्छीपन बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षीको आक्रमण हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?