काठमाडौ – न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

लाहौरको गद्दाफी स्टेडियममा सम्पन्न सेमिफाइनलमा न्यूजील्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। रचिन रविन्द्र र केन विलियमसनले क्रमशः १०८ र १०२ रनको शतकीय पारी खेले, जसको मद्दतले टोलीले ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रनको विशाल स्कोर खडा गरेको थियो ।
जवाफमा, दक्षिण अफ्रिकाले ३१२ रन मात्र बनाउन सक्यो। डेविड मिलरले अविजित १०० रन बनाए पनि टोलीले लक्ष्य पूरा गर्न सकेन। न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले ३ विकेट लिएका थिए अब फाइनलमा न्यूजील्याण्डको सामना भारतसँग हुनेछ। यो खेल आगामी आइतबार दुबैमा हुने छ ।
