
- डोल्पाको जगदुल्लामा बिहानै आएको बाढी बस्तीमा पसेको छ।
- बाढीले आठदेखि दस घरमा क्षति पुर्याएको छ।
- नेपाली सेना र अन्य सुरक्षाकर्मी उद्धारमा जुटेका छन्।
काठमाडौ – डोल्पाको जगदुल्ला ५ गैरीगाउँमा बाढी मानव बस्तीमा पसेको छ।

धुलाखोला इलाकामा भारी वर्षात्पछि बिहान करिब ३ बजे बाढी आएको हो।


बाढीले ८–१० वटा घरमा क्षति पुर्याएको र नेपाली सेना संग्राम शार्दूल गुल्मबाट खोजी तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ।

खोजी तथा उद्धारमा अन्य सुरक्षा निकाय पनि खटिएको बताइएको छ।
