मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर

समाचार सारांश
Auto Generated by AI
  • बझाङको बाँठपाली मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले नौ जना विरुद्ध मुद्दा दायर गरेको छ।
  • मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ बढी भुक्तानी दिएर अनियमितता गरेको आरोप लगाइएको छ।
  • मुद्दामा तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, जनप्रतिनिधि र निर्माण समितिका पदाधिकारीहरू प्रतिवादी छन्।

काठमाडौ – बझाङको बाँठपाली मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको छ।

Workplace

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत राव र सबइन्जिनियर बमबहादुर रावललाई विपक्षी बनाइएको छ।

त्यस्तै, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, छविसपाथिभेरा–६ का वडाध्यक्ष मोहनलाल विक, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढालाई विपक्षी बनाइएको छ।

छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवताको मन्दिर निर्माढाका लागि ५६ लाख सात हजार ८९७ रुपैया ८० पैसाको लागत अनुमान गरिएको थियो। त्यसमध्ये ४५ लाख रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको थियो। त्यस्तै, उपभोक्ता सहभागिताबाट ११ लाख सात हजार ८९७ रुपैयाँ ८० प्रयास र कन्टिनजेन्सीतर्फ दुई लाख २५ हजार रुपैयाँ रहेको थियो।

तर, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डेल, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रतालासहितको मिलेमतामो गैरकानुनी लाभ लिनका लागि बढी रकम निकासा गरेको पाइएको अख्तियारको दाबी छ।  उनीहरूले २२ लाख एक हजार ६६५ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

उनीहरूबाट त्यही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?