अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार

समाचार सारांश
Auto Generated by AI
  • पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा गोली चलेपछि ३२ वर्षीय पुरुष गम्भीर घाइते भएका छन्।
  • घटनाको अनुसन्धान गर्दै प्रहरीले बुधबार बिहान पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ।
  • प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र शंकास्पद गतिविधिबारे जानकारी दिन आग्रह गरेको छ।

पश्चिमी अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

Workplace

 

- Advertisement -Workplace

पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ बजेर ५० मिनेटमा जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपत्कालीन टोली घटनास्थल पुगेको जनाएको छ। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ।

घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला पारेको थियो। उनलाई गम्भीर तर ज्यानलाई खतरा नरहेको चोटसहित उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले स्थानीय बासिन्दाको सुरक्षाका लागि सूचना जारी गर्दै आसपासको क्षेत्रमा खोजी अभियान सुरु गरेको थियो।प्रहरीका अनुसार विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। बुधबार बिहान करिब १०ः३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो।

प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?