विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ मङ्गलवार

समाचार सारांश
Auto Generated by AI
  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ हुने भएको छ।
  • सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेललाई विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
  • सर्वोच्च अदालतले उक्त रिटका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गरेको छ।

काठमाडौ – नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते मङ्गलवार हुने भएको छ ।

Workplace

पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार १० गते अदालतमा रिट निवेदन दिनुभएको थियो । यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।

- Advertisement -Workplace

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गएको असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाण्डौमा उपस्थित गराइएको थियो । विशेष अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?