डीसीसी प्रिमियर लिग–२०८३ को अक्सन भव्य रूपमा सम्पन्न, जेठ ९ गतेबाट खेल सुरु हुने

समाचार सारांश
Auto Generated by AI
  • देवीनगर क्रिकेट क्लबद्वारा आयोजित डीसीसी प्रिमियर लिग–२०८३ का लागि खेलाडीहरूको अक्सन प्रक्रिया सम्पन्न भएको छ।
  • प्रतियोगितामा पाँच टोली सहभागी हुनेछन् र खेल जेठ ९ गतेदेखि देवीनगर रंगशालामा सुरु हुनेछ।
  • प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

रुपन्देही । देवीनगर क्रिकेट क्लबद्वारा आयोजित सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग–२०८३ (सिजन–२) एक्सपर्ट एजुकेशनको सह–प्रायोजनमा खेलाडी अक्सनसहितको कार्यक्रम मिति २०८३ साल जेठ २ गते शनिबार योगीकुटीस्थित होटल पौवामा भव्यताका साथ सम्पन्न भएको छ।

Workplace

उक्त अक्सन कार्यक्रम अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको हो। कार्यक्रममा खेलप्रेमी, टोली मालिक, खेलाडी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया उत्साहपूर्वक सम्पन्न गरेका थिए।

अक्सन कार्यक्रम क्लबका उपाध्यक्ष निर्मल ज्ञवालीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमलाई व्यवस्थित, आकर्षक तथा प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गरिएको सहभागीहरूले बताएका छन्। अक्सनका क्रममा खेलाडी छनोटमा टोली मालिकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो भने कार्यक्रमस्थलमा खेलप्रेमीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

प्रतियोगितामा प्रिन्ट हब किंग्स, एसजिए माभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड तथा सिद्धार्थ रोयल गरी पाँच टोली सहभागी रहेका छन्। आयोजकका अनुसार प्रत्येक टोलीलाई रु. १ लाख ५० हजार बराबरको पकेट मनी व्यवस्था गरिएको थियोे।

प्रतियोगिताका खेलहरू आगामी जेठ ९ गतेदेखि देवीनगर रंगशाला मिनी ग्राउण्डमा सञ्चालन हुनेछन्। प्रतियोगितामा प्रत्येक टोलीले अन्य सबै टोलीसँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल चरणमा प्रवेश गर्ने व्यवस्था गरिएको क्लबले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले रु. २ लाख ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था तथा कम्पनीहरूको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ। सहयोगी संस्थाहरूमा इ–ड्राइभ नेपाल, बुटवलको फुल्की, नेपथ्य कलेज, मञ्जुश्री फाइनान्स, कोडा पल्स ग्लोबल तथा करेन्ट नुडल्स लगायत रहेका छन्।

देवीनगर क्रिकेट क्लबका सचिव गणेश पाण्डेयले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट विकास र युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

वि.सं. २०७६ सालमा पाँच सदस्यबाट स्थापना भएको देवीनगर क्रिकेट क्लबमा हाल ९२ जना सदस्य आबद्ध रहेका छन्। क्लबले क्रिकेट गतिविधि तथा खेलकुद विकासका क्षेत्रमा निरन्तर सक्रिय रूपमा काम गर्दै आइरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?