केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक पेश गरिएको छ।
  • कानूनमन्त्री सोविता गौतमले सो विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो।
  • अध्यादेश निष्क्रिय भएपछि उत्पन्न कानूनी शून्यता अन्त्य गर्न यो विधेयक ल्याइएको हो।

काठमाडौं।प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा सरकारले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गरेकाे छ ।

Workplace

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक सदनमा पेश गर्नुभएको हो । सोमवारको बैठकमा सभामुखले उक्त विधेयक पस्तुत गर्न अनुमति माग्ने प्रश्तावलाई निर्णयार्थ पेश गर्नुभएको थियो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनैपनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रश्तुत गर्न अनुमति प्रदान गर्नुभएको हो ।

विधेयक प्रश्तुत गर्दै मन्त्री गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ निष्क्रिय भएपछि उत्पन्न कानूनी शुन्यता अन्त्य गर्न यो विधेयक आवश्यक भएको बताउनुभयो । गत २०८३ वैशाख १९ मा जारी भएको उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ को व्यवस्थाबमोजिम निष्क्रिय बनेको थियो ।

मन्त्री गौतमले अध्यादेश निष्क्रिय भएको मितिबाट सोभन्दा अघि कायम रहेको साविकको कानूनी व्यवस्थालाई पुनः सक्रिय र निरन्तरता दिन विधेयक अपरिहार्य रहेको जिकिर गर्नुभयो ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?