
- शितगंगा-३ अर्घाखाँचीले विद्युतीय चुलो तथा भान्साका सामग्रीका लागि आवेदन मागेको छ।
- सहभागी हुने लाभग्राहीले लागतको ५० प्रतिशत रकम साझेदारी गर्नुपर्ने प्रावधान छ।
- इच्छुक स्थानीय बासिन्दाले सूचना प्रकाशित भएको २० दिनभित्र वडा कार्यालयमा आवेदन दिनुपर्नेछ।
अर्घाखाँची – शितगंगा नगरपालिका– वडा न:३ कार्यालयले विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्डक्सन चुलो तथा विद्युतीय खाना पकाउने सामग्रीका लागि आवेदन आह्वान गरेको छ।

वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत Electric Cooking Programme for Nepal Continuation नामक परियोजनामार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो।

कार्यक्रमअन्तर्गत प्रयोगकर्ता घरले बढीमा ५० प्रतिशत रकम लागत साझेदारी गर्नुपर्ने सूचनामा उल्लेख छ।
कार्यक्रममार्फत इन्डक्सन चुलो १ थान, इन्डक्सन प्रेसर कुकर १ थान, इन्डक्सन सेन्टो कराई १ थान र इन्डक्सन तात्ने सामग्री १ थान उपलब्ध गराउने तथा आवश्यकताअनुसार विद्युत् वायरिङ स्तरोन्नति कार्यसमेत गरिने वडा कार्यालयले जनाएको छ।

इच्छुक वडा नं. ३ का बासिन्दाले सूचना प्रकाशित भएको २० दिनभित्र वडा कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ।
