icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

राजनीतिमा बाँगीका राम बहादुर चौहानको फड्को, एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनीत

अर्घाखाँची, — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काे केन्द्रीय सदस्यमा अर्घाखाँची मालारानी गाउँपालिका–५ बाँगी चौहानडाँडाका प्रखर वक्ता राम बहादुर चौहान मनोनीत हुनुभएको छ। लामो समयदेखि सामाजिक सेवा, पत्रकारिता, शिक्षा र राजनीतिमा सक्रिय रहँदै आएका चौहानलाई पार्टीले केन्द्रीय तहमा जिम्मेवारी दिएपछि जिल्लाभरबाट बधाई र शुभकामना व्यक्त गरिएको छ।

Workplace

चौहान अर्घाखाँचीमा चिनिएका सक्रिय र प्रभावशाली व्यक्तित्व हुन्। उहाँले विगतमा अर्घाखाँची अस्पताल विकास समिति अध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष, नेपाल लेखापढी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष, बुलन्द पाक्षिक पत्रिकाका प्रकाशक तथा सम्पादक, सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष, पाणिनी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति, नेकपा एमाले जिल्ला सचिव र पछिल्लो समय नेकपा (एस) जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

सामाजिक कार्यदेखि शिक्षण क्षेत्रमा पनि चौहान सक्रिय रहँदै आएका छन्। अंग्रेजी विषयका उच्च शिक्षा शिक्षकका रूपमा युवाबीच लोकप्रिय चौहानले लामो समयदेखि समाजमा शिक्षा र सचेतनाको अभियान सञ्चालन गर्दै आएका छन्। स्थानीय विकास, शैक्षिक सुधार र युवाको सहभागितामूलक राजनीति उनका मुख्य एजेन्डा रहँदै आएका छन्।

केन्द्रीय सदस्यमा मनोनीत भएपछि चौहानले जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्दै जिम्मेवार नेतृत्वको परिचय दिने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले भन्नुभयो, “पार्टीको नीति, विचार र समाजवादी लक्ष्यलाई जनस्तरसम्म पुर्‍याउने जिम्मेवारी थपिएको छ। म यो भूमिकालाई इमानदार र जनमुखी ढंगले पूरा गर्नेछु।”

मालारानी गाउँपालिका र अर्घाखाँचीका विभिन्न राजनीतिक, सामाजिक र युवा समूहले चौहानको नियुक्तिलाई क्षेत्रको गौरवको रूपमा स्वागत गरेका छन्। स्थानीय नेतादेखि बुद्धिजीवीसम्मले उहाँको सक्रियता, सादगी र संगठनात्मक क्षमताको प्रशंसा गर्दै देशको राजनीतिमा उहाँबाट नयाँ ऊर्जा थपिने अपेक्षा व्यक्त गरेका छन्। उहाँ ईमानदारको राजनीति गर्ने ब्यक्ति हो बेइमानी गर्न उहालाई आउदैन र सुहाउँदैन पनि आशा छ जिल्ला बाट समेत उहाँलाइ सबैको सयोग मिल्ने छ स्थानीय हरु बताउछन् ।

पार्टी नेतृत्वले चौहानको लामो संगठनात्मक अनुभव, स्थानीय तहमा जनसंपर्क र संवाद क्षमताका कारण केन्द्रीय तहमा जिम्मेवारी दिएको बताएको छ। अर्घाखाँचीका नेताहरूका अनुसार, चौहानको नेतृत्वले जिल्लाको राजनीतिक सुदृढीकरण र पार्टीभित्र नयाँ पुस्ताको समावेशमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?