सुकुमबासी बस्ती हटाउने विषयमा सर्वोच्चको चासो, सरकारलाई १५ दिनभित्र जवाफ दिन आदेश

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतले उपत्यकाका सुकुमबासी बस्ती हटाउने विषयमा सरकारसँग स्पष्टीकरण मागेको छ।
  • सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न र बस्ती हटाउँदाको कानुनी प्रक्रियाबारे जानकारी दिन आदेश दिइएको छ।
  • विस्थापित परिवारको पुनर्वास, स्वास्थ्य र शिक्षाको वैकल्पिक व्यवस्थाबारे पनि अदालतले सरकारसँग जवाफ मागेको छ।

काठमाडौ – सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सुकुमबासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ।

Workplace

न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

अदालतले बस्ती हटाउँदा कानुनी प्रक्रिया पूरा गरिएको हो वा होइन, आवाससम्बन्धी अधिकारको संरक्षण गरिएको छ कि छैन भन्नेबारे स्पष्ट पार्न सरकारलाई भनेको छ। साथै विस्थापित परिवारहरूको पुनर्वास, खानपान, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षाको वैकल्पिक व्यवस्थाबारे समेत जानकारी दिन आदेश गरिएको छ।

यस विषयमा दुवै पक्षको विस्तृत बहस आवश्यक रहेको भन्दै अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?