
- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ३५९ जनाको मृत्यु भएको छ।
- विभिन्न जिल्लाबाट फेला परेका शवहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
- बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।

नेपाल प्रहरीले बिहीबार दिउँसो ५ बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३५९ जनाको शव फेला परेको पुष्टि भएको हो।
जसमा रसुवाबाट १७, धादिङबाट ३३, गोरखाबाट ३०, नवलपरासी (पूर्व) बाट ८२, नुवाकोटबाट २८, चितवनबाट १३२, तनहुँबाट २२ तथा नवलपरासी (पश्चिम) बाट १५ वटा शव फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, ६३ जना घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।
