आज मिति २०८२ कात्तिक १० गते सोमबार आजको राशीफल

🌼🌻🙏🙏

Workplace

मेष : आज मेष राशिका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेषराशि भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ ।

वृष : आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्ने छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम रहेको छ । तपाईँको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनसक्छ ।

मिथुन : आज आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईको उन्नती र प्रगतिको ढोका खुल्नसक्छ ।आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ ।

कर्कट : आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । किनकी चन्द्रमा कर्कट राशिमा रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा तपाईलाई लाभ मिल्नेछ ।

सिंह : सिंह राशि भएकाका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईँको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुल हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन आफ्नो नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा तपाईँका लागि राम्रो हुनेछ ।

कन्या : यदी व्यापार व्यवसायमा लागेका कन्या राशिका हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिन्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रिबाट साथ सहयोगसमेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने तपाईँको मनमा प्रशन्नता बृद्धि हुनेछ ।

तुला : आकस्मिक मानसम्मान र अवसरको प्राप्ति हुनेछ । तपाईँले गर्दै आएका कामको सम्मान र घर परिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। यदी सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईँले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्दहरु प्राप्त हुनसक्छन् ।

वृश्चिक :लामो दूरीको यात्राको लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्राको लागि समेत जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईँको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । यदी तपाईँ यात्रामा रमाउनुहुन्छ भने आजको दिन वृश्चिक राशि भएकाका लागि दिन उत्तम छ ।

धनु : धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्न सकिदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर : दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापार व्यबसायबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामानहरु लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ : मनमा उल्लाहस रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने सम्भावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुहरुमाथि विजयप्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ ।

मीन : आजको दिन मीन राशि भएका व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन बहकिन सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?