महाधिवेशन रोक्न कांग्रेस इतर पक्षले शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्ने

समाचार सारांश
Auto Generated by AI
  • कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट दर्ता गर्दैछ।
  • पार्टीको आधिकारिकता विवाद नटुंगिएसम्म महाधिवेशन नगर्न माग गरिएको छ।
  • विवाद कायमै रहँदा प्रक्रिया अघि बढाए वैधानिकतामा प्रश्न उठ्ने भन्दै अदालत गुहारिएको हो।

काठमाडौ -नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ।

Workplace

महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेको एक नेताले जानकारी दिए।

कांग्रेस निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त कार्यतालिका रोक्न माग गर्दै संस्थापन इतर पक्ष सर्वोच्च अदालत जान लागेको हो।

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनः सुनुवाइ गर्न निस्सा दिएको छ। उक्त विवादको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गर्दै रिट दर्ता गर्ने तयारी गरिएको हो।

संस्थापन इतर पक्षले आधिकारिकता विवादको निरुपण नभई महाधिवेशन प्रक्रिया अघि बढाउँदा पार्टीको वैधानिकता तथा महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठ्न सक्ने भन्दै अदालतको हस्तक्षेप माग गर्न लागेको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?