नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

समाचार सारांश
Auto Generated by AI
  • नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ।
  • दुई हप्तापछि उक्त खण्डमा पक्की सडकबाटै सवारी साधनहरू सञ्चालन हुनेछन्।
  • लामो समयदेखि निर्माणाधीन यस सडकको पूर्वी खण्ड अब पूर्ण रूपमा जोडिएको छ।

काठमाडौ – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।

Workplace

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो । पूर्वी खण्ड दाउन्नेमा झण्डै चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो ।

एकतर्फी ढलानको काम सकिएको हुँदा अबको दुई हप्तापछि त्यस क्षेत्रमा पक्की सडकबाटै गाडी चल्नेछन् । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य पानी पर्दा पनि गाडी चिप्लने र जामको समस्या थियो ।

सूचना अधिकारी खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डको पुरै भाग ६५ किलोमिटर सडक कालोपत्रे र ढलानले जोडिएको छ । दाउन्नेको पूर्वी खण्ड पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम शुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ । आयोजना शुरु भएको सात वर्षपछि बल्ल यात्रा केही सहज हुँदै गएको छ ।

एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर झण्डै १७ अर्ब लागत रहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?