icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

२९ महिनादेखि विचाराधीन रायमाझीको मुद्दा : साउन १८ गते पुनः सुनुवाइ, साक्षीका बयानमा संलग्नता नदेखिएको दाबी

काठमाडौँ, – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको मुद्दा साउन १८ गतेका लागि पुनः पेसी तोकिएको छ।

Workplace

२९ महिनादेखि विचाराधीन रहेको यस मुद्दामा काठमाडौँ जिल्ला अदालतले नयाँ सुनुवाइ मिति तोकेको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार जाहेरीवाला र साक्षीहरूको बयान सकिएपछि मुद्दा अगाडि बढाउने प्रक्रिया अनुरूप सो मिति तोकिएको हो।

यस प्रकरणमा ‘ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। रायमाझीसहित सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा लगायतका व्यक्ति मुख्य प्रतिवादी छन् भने रायमाझी सह–प्रतिवादीको रूपमा पुर्पक्षका लागि थुनामा छन्।

 

साक्षीको बयान : प्रत्यक्ष संलग्नता नदेखिएको दाबी साक्षी प्रेमराज पन्थीले अदालतमा दिएका बयानमा पूर्वमन्त्री रायमाझीको प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेका छन्।
उनका अनुसार टेकुस्थित प्रहरी कार्यालयमा आफूले मात्रै हस्ताक्षर गरे पनि अन्य विवरणहरू आफ्नो नभएको दाबी गरेका छन्। कानुन व्यवसायी धर्मराज रेग्मीको जिरहमा उनले टङ्क गुरुङको रेष्टुराँमा सानु भण्डारी र केशव दुलालसँग भेटघाट भएको स्वीकार गरे पनि सो समयमा रायमाझी वा उनका स्वकीय सचिव लीला जिसीको उपस्थिति नभएको बताएका छन्।

त्यस्तै, एभरेष्ट होटलको चौथो तलामा भएको भेटमा पनि रायमाझी नभएको उनले बयान दिएका छन्। जाहेरी लेख्दा पनि ती विवरण उल्लेख नगरेको बताएका छन्।

 

पक्राउदेखि हालसम्मको अवस्था हेर्दा पूर्वमन्त्री रायमाझीलाई २०८० साल वैशाख ३१ गते पक्राउ गरिएको थियो। त्यसपछिको अदालतको आदेश अनुसार २०८० असार १ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।

रायमाझीले धरौटीमा रिहा भई मुद्दा लड्न पाउन माग गर्दै उच्च अदालत र सर्वोच्च अदालतमा निवेदन दिए पनि जिल्ला अदालतको फैसला सदर भएको थियो।

अन्य सहप्रतिवादी धरौटीमा छुट्दै गर्दा टोपबहादुर रायमाझी चाहिँ थुनामा हुनु धेरैले चासो व्यक्त गरेका थिए सोही प्रकरणमा समावेश रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, रायमाझीका छोरा सन्दीप रायमाझी, आङतावा शेर्पा र गोविन्द चौधरी सर्वोच्च अदालतको आदेशबाट धरौटीमा छुटिसकेका छन्।

त्यस्तै, सहप्रतिवादी टेकनाथ रिजाललाई उच्च अदालत पाटनले मानसिक रोगी घोषित गर्दै विशेष आदेश जारी गरेको थियो।

अब साउन १८ को पेसीप्रति धेरैको चासो रहेको छ  नयाँ मितिमा हुने सुनुवाइले मुद्दाको दिशा फेर्न सक्ने सम्भावना देखिएको छ। २९ महिनादेखि विचाराधीन यस मुद्दामा अदालतले अब कुन दिशा लिन्छ भन्ने प्रतीक्षामा आम जनमानस र कानुनी क्षेत्रका व्यक्तिहरू र सोही टोपबहादुर र पनि प्रतीक्षामा रहेका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?