इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • इटहरीमा सन नेपाल लाइफ इन्स्योरेन्सको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ।
  • बीमा प्राधिकरणका प्रमुखले अभिकर्तालाई पेशागत मर्यादा र पारदर्शिता अपनाउन आग्रह गर्नुभयो।
  • अभिकर्ताले ग्राहकलाई बीमाको सर्त र फाइदाबारे सही जानकारी दिनुपर्नेमा जोड दिइयो।

इटहरी,भाद्र ७ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित ¥याडिसन होटलमा सम्पन्न भएको छ ।

Workplace

 

- Advertisement -Workplace

सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जन ले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो ।

 

महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने बताउनुभयो। बीमा योजना बिक्री गर्दा त्यसका सुविधा, शर्त, जोखिम र दायित्वबारे बीमितलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो।

बीमा क्षेत्रमा देखिँदै आएको ‘मिसेलिङ’ समस्या न्यूनीकरणमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले गलत, अपूर्ण वा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो। अभिकर्ता बीमा कम्पनीको प्रतिनिधिका साथै कम्पनीको ब्रान्ड एम्बेसडरसमेत भएकाले उनीहरूको व्यवहारले कम्पनीको प्रतिष्ठा र समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रभाव पार्ने उहाँले बताउनुभयो।

उहाँले अभिकर्ता आचारसंहिताको पूर्ण पालना गर्दै पेशागत मर्यादा, पारदर्शिता र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। बीमा गराएपछि पनि बीमितलाई आवश्यक सेवा, बीमालेखसम्बन्धी जानकारी तथा दाबी प्रक्रियामा सहजीकरण गर्नु अभिकर्ताको महत्वपूर्ण दायित्व रहेको उहाँले बताउनुभयो।

 

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका पदाधिकारी तथा विभिन्न तहका बीमा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा अभिकर्ताहरूको उत्प्रेरणा, पेशागत क्षमता अभिवृद्धि तथा बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?