सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • गायिका सुशीला गौतम र खेम सेन्चुरीको नयाँ गीत मोरे सैया सार्वजनिक भएको छ।
  • गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।
  • सुनिल बीकेको निर्देशनमा बनेको भिडियोमा गरिमा शर्मा र खेमले अभिनय गरेका छन्।

काठमाडौं-लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ।

Workplace

नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन्।

- Advertisement -Workplace

गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन किस्मतले सम्हालेका छन्।

सुनिल बीकेको निर्देशनमा तयार पारिएको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरन र पर्यटकीय स्थल सौराहाको प्राकृतिक परिवेशलाई समेटेर गरिएको छायांकनले गीतको भावलाई थप जीवन्त बनाएको छ।

गीतको छायांकन अनिल के. मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका हुन्।

गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको यो गीत सुशीला गौतमको युटुब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत दर्शक तथा श्रोतासामु पुगेको छ।

भिडियो –

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?