यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाको अर्चलेमा छ घण्टामा ७०.६ मिलिमिटर वर्षा भएको छ।
  • लमजुङको मस्र्याङ्दी नदीमा जल सतह बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
  • आज देशका धेरै ठाउँमा मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौ – पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर पानी परेको छ ।

Workplace

मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएराति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी, बागमती र मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज बिहान चितवनको त्रिशूली काली खोला क्षेत्र, पर्वत, लमजुङलगायतका एक/दुई ठाउँमा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको काली खोला क्षेत्रमा पछिल्लो एक घण्टामा १६.२ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले लमजुङको मस्र्याङ्दी नदी भकुण्डेबेशी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?