यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाको अर्चलेमा छ घण्टामा ७०.६ मिलिमिटर वर्षा भएको छ।
  • लमजुङको मस्र्याङ्दी नदीमा जल सतह बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
  • आज देशका धेरै ठाउँमा मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौ – पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर पानी परेको छ ।

Workplace

मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएराति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी, बागमती र मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

- Advertisement -Workplace

आज बिहान चितवनको त्रिशूली काली खोला क्षेत्र, पर्वत, लमजुङलगायतका एक/दुई ठाउँमा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको काली खोला क्षेत्रमा पछिल्लो एक घण्टामा १६.२ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले लमजुङको मस्र्याङ्दी नदी भकुण्डेबेशी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?