काठमाडौं, । नेपालको सुन बजारमा मंगलबार एकाएक ठूलो उकालो देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

भाउमा देखिएको यो उच्च वृद्धिलाई हालको अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको भाउमा आएको उतारचढाव, तथा माग र आपूर्तिको सन्तुलनसँग जोडिएको बताइएको छ।
यसैबीच चाँदीको मूल्यमा पनि सामान्य वृद्धी देखिएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ थियो।
विश्लेषकहरूका अनुसार सुनको भाउमा अझै केही दिन चञ्चलता देखिन सक्ने सम्भावना रहेको छ। चाडपर्वको सिजन, वैवाहिक मौसम र अन्तर्राष्ट्रिय आर्थिक स्थितिले समेत बजारमा प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ।
