सुनको भाउमा एकैदिन कीर्तिमानी उकालो, तोलामा ६ हजार ९ सयले बढेर १ लाख ९७ हजार ९ सय पुग्यो

काठमाडौं,  । नेपालको सुन बजारमा मंगलबार एकाएक ठूलो उकालो देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

Workplace

भाउमा देखिएको यो उच्च वृद्धिलाई हालको अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको भाउमा आएको उतारचढाव, तथा माग र आपूर्तिको सन्तुलनसँग जोडिएको बताइएको छ।

- Advertisement -Workplace

यसैबीच चाँदीको मूल्यमा पनि सामान्य वृद्धी देखिएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ थियो।

विश्लेषकहरूका अनुसार सुनको भाउमा अझै केही दिन चञ्चलता देखिन सक्ने सम्भावना रहेको छ। चाडपर्वको सिजन, वैवाहिक मौसम र अन्तर्राष्ट्रिय आर्थिक स्थितिले समेत बजारमा प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?